नेपालगञ्जमा कर्फ्यु कायमै, सामाजिक, धार्मिक सद्भाव कायम राख्न प्रशासनको आग्रह

नेपालगञ्जमा सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा हिजो दिउँसो १ बजेदेखि लगाएको कर्फ्यू आदेश आज  पनि जारी छ ।

ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरी बिपीचोकबाट त्रिभुवनचोक जाने क्रममा ¥यालीमाथि अज्ञात समुहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

¥याली नियन्त्रण भन्दा बहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

प्रदर्शनीका क्रममा भएको झडपमा परी ५ सुरक्षाकर्मी १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएको रउपचार पश्चात २१ जना घर फर्किसकेको र १ जनाको भने उपचार भइरहेको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्का विरुद्ध जथाभावी नलेख्न आग्रह गरेको छ ।