Kohalpur Today Header Ads

कोहलपुर १४ मा जग्गा नापजाँचको काम सुरु, स्थानिय उत्साही




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-१४ मा जग्गा नापजाँचको काम आजदेखि सुरु भएपछि स्थानियहरु निकै उत्साहित भएका छन् । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै भूमिहिन, दलित र अव्यवस्थित बसोबासीहरुको जग्गा नापजाँच सुरु भएको छ ।

आचार्यले कोहलपुर नगरपालिका वडा नं. १, २, १२, १० वडामा नापजाँच कार्य पूरा भइसकेको र अहिले १४ र ११ मा समेत नापजाँचको कार्य सुरु भइसकेको बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर नगरबासीहरुले नगरपालिकाको अभियानहरुलाई साथ सहयोग गर्दै अगाडी बढ्न अनुरोध गरेका थिए भने अभिभावकको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका १४ का वडा अध्यक्ष नम बहादुर आलेले नाँपजाँच कार्य सुरुभएपछि स्थानिय मात्र होइन हामी पनि निकै खुसी भएको बताए ।

आजका मितिमा ७ सय ५ जना अव्यवस्थित, भूमिहिन दलित र सुकुम्बासी ९५ र नयाँ फर्म संकलन भएका ६५ जना रहेका छन् । आजबाट सिर्जना टोलबाट नापजाँच कार्य सुरु भएपछि स्थानियहरु निकै उत्साहित बनेका छन् ।

‘वडाका सबै टोलहरुमा नापजाँच काम हुनेछ,’ वडा अध्यक्ष आलले भने, ‘यो वडामा निरन्तर नापजाँच गरी आफ्नै कार्यकालमा लालपूर्जा वितरण गर्ने लक्ष्यका साथ काम गरेको छु ।’

वडाबासी लगायत राजनितिक दल, संघसंस्थाहरुलाई नापजाँच कार्यमा सहयोग र सहकार्य गर्न वडा अध्यक्ष आलेले आग्रह गरे ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र शाह, ९ का वडा ओपेन्द्र नाथ योगी, ८ का वडा अध्यक्ष लाल बहादुर राना, राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य अशोक पोख्रेल, भूमि आयोगको जिल्ला मिना सिग्देल र भगवती अधिकारी, नापी कार्यालयबाट सुर्य ढकाल, लगायत स्थानियहरुको उल्लेखनिय उपस्थति रहेको थियो ।

 

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार