कोहलपुरकै पुरानो रामजानकी स्कुलका नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० लले रहेको रामजानकी स्कुलले नवआगन्तुक विद्यार्थीहरुलाई भव्य स्वागत गरेको छ ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको रामजानी स्कुलले कक्षा ११ का विद्यार्थीहरुलाई भव्य स्वागत गरेको हो ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी निरज जि.सीको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथ्यतामा नव आगन्तुक विद्यार्थीलाई भव्य स्वागत गरिएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नंं. १० का वडा अध्यक्ष गौरा भट्टराई, विद्यालयका निर्देशक दिनेश सिग्देल, प्रअ केआर चौधरी, विद्यालयका उपनिर्देशक भेषराज सिग्देल, पूर्व प्रअ उमाकान्त शर्मा लगायत विभिन्न क्षेत्रमा रहेका कोडिनेटर लगायत विद्यार्थीहरुको बृहत उपस्थित थियो ।

विद्यालयका जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा तृतिय प्राप्त गरेका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।