सुर्खेत ।
वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । फोरलेन सडक खण्डको यरिचोक–मुलपानी खण्डको गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट आज बालकको मृत्यु भएको हो ।
दैलेख आठविस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका पाँच वर्षीय टुकदर्शन गिरीको मोटरसाइकलले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारको क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाई छ ।

दुर्घटना लगत्तै मोटरसाईकल चालक फरार छन् । आफन्तले ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै रत्न राजमार्ग अन्तरगत जुम्लारोड सडक अवरुद्ध गरिरहेका छन् । यस्तै आफन्तका आन्दोलनकारी र बसपार्क कर्मचारी विच झडप भएको छ । आन्दोलन गर्दै उनिहरु बसपार्क भित्र छिरेपछी दुबै पक्ष बिच कुटाकुट भएको थियो ।
यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालबाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ बर्षीय बालक शंकास्पद अवस्थामा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका-१ का ८ बर्षीय सलाम पुलामी मगर हुन्।
उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले संचालक समितिलाई नियन्त्रणमा लिएको छ। उषा बालबाटिका सुर्खेतकै चर्चित स्कुलमा पर्छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्