सवारी दुर्घटनामा शिक्षक बरालको मृत्यु




कपिलवस्तु ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पीपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुन्।

बुधवार राति बरालले चलाएको लु ५६ प ४६२७ नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा रहेको लु २ ख १५०८ नम्बरको टिप्परमा ठोकिएको इलाका प्रहरी कार्यालय पीपराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका बरालको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा रेफर गरिएको थियो । कपिलवस्तु अस्पतालले उनलाई मृत घोषणा गरेको छ ।

बराल अमेरिकाबाट नेपाल फर्किएर ६ वर्षदेखि शिक्षण पेसा गर्दै आएका थिए । उनले राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य तथा शिक्षा विभाग प्रमुख समेत छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहीबार