राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागि ६ खेलाडीलाई सम्मान सहित विदाई

कोहलपुर ।

काठमाण्डौंको चन्द्रगिरी नगरपालिकामा हुन लागेको राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागि हुने ६ खेलाडीलाई विदाई गरिएको छ ।

कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य, सामाजिक विकास संयोजक ईश्वरी विक र वडा नं. १० का वडा अध्यक्ष गौरा भट्टराईले राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागि हुने ६ खेलाडीलाई विदाई गरिएका हुन् ।

कोहलपुर नगरपालिका नगर प्रमुख आचार्यले जितको शुभकामना दिँदै बाँकेको पहिचान र शान खेलाडीले गरेको योगदान कदर हुने बताए ।

राष्ट्रिय क्रसकन्ट्री दौडमा सहभागि हुने खेलाडीहरुमा दिपशिका शाही ठकुरी, धडकन टमटा, बल बहादुर सुनार, मोहन शाहनी, मनिसा सुनार र शिवानी विक रहेका छन् ।

 कोहलपुर नगरपालिकाले खेलाडीहरुलाई जर्सी समेत उपलब्ध गराएको छ ।

प्रतियोगितामा सिनियर महिला तथा पुरुषको १० किमी र जुनियर तर्फ महिला तथा पुरुषको ५ किमी गरि चार विधा समावेश गरिएको छ ।

सिनियर व्यक्तिगततर्फ शिर्ष ३ स्थान हात पार्ने खेलाडीलाई २५ हजार, १५ हजार र १० हजार रुपैयाँ सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

यस्तै जुनियरतर्फ व्यक्तिगतर्फ शिर्ष तीन स्थान हात पार्नेले नगद १५ हजार, १० हजार र ७ हजारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सिनियर टिम च्याम्पियनले २४ हजार, द्वितीयले ८ हजार र १२ हजार तथा जुनियर तर्फ १५ हजार, १२ हजार र ९ हजार रुपैयाँ पाउनेछन् ।

यसैगरि प्रतियोगितामा सहभागी टिमले प्राप्त गरको नतिजाको आधारमा सम्रगमा प्रथमले ४२ हजार, द्वितीयले नगद ३० हजार, तृतीयले १८ हजार, चौथोले नगद १४ हजार र पाँचौंले १२ हजार रुपैयाँ प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगितामा देशभरका २ सय ९३ मध्ये (महानगर र उपमहानगरपालिक सहित) करिब २० नगरपालिकाका ३ सय खेलाडीहरुले सहभागिता जनाउने विश्वास आयोजकले लिएको छ । प्रतियोगिताको खर्च करिब २० लाख लाग्ने अनुमान गरिएको छ ।

दौड चन्द्रगिरी नगरपालिकाको कार्यालय बलम्बुबाट सुरु भई नगरपालिकाको विभिन्न स्थान हुदै पुनः नगरपालिको कार्यालयमा आएर सम्पन्न हुनेछ ।