हरित नगर बनाउने अभियानमा जोडियो ज्ञान बहुमुखी क्याम्पस, ४७ वटा विरुवाको संरक्षण गर्न लियो जिम्मा

कोहलपुर ।

कोहलपुर नगरपालिकाले लिएको हरित नगर बनाउने अभियानमा संघसंस्था, विद्यालय, व्यापारी लगायत गैरसरकारी कार्यालय र व्यक्तिगत रुपमा जोडिएका छन् ।

मंगलबार कोहलपुर ११ मा रहेको ज्ञान बहुमुखी क्याम्पसले साँझा चोकदेखि पिलचौतारासम्मका ४७ वटा विरुवाको जिम्मा लिएको छ ।

नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले लिएको हरित नगर बनाउने अभियानलाई साथ सहयोग गर्न ४७ वटा विरुवाको जिम्मा लिएको ज्ञान बहुमुखी क्याम्पसका प्रमुख टेक बहादुर गुरुङ्गले बताए ।

उनका अनुसार कोहलपुरको हरित नगर बनाउने अभियान हाम्रो अति महत्वपूर्ण छ, नगर प्रमुखले ल्याएको योजनालाई निकै राम्रो छ त्यसैले ४७ वटा विरुवाको संरक्षण तथा सम्बद्र्धन गर्ने जिम्मा लिएको गुरुङ्गले बताए ।

अब पानी हाल्ने, गोडमेल गर्ने, छाडा पशु चौपायाहरुबाट समेत बचाउने र सम्पूर्ण हुर्काउने जिम्मा लिएको क्याम्पस प्रमुख गुरुङ्गले बताए ।

कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले कोहलपुर नगरपालिकाको अभियानलाई ऐक्यबद्धता दिनुभएकोमा विद्यालय परिवारलाई धन्यवाद दिए ।

थप हौसला मिलेको छ, कोहपलुरलाई हरित बनाउन सबैको साथ सहयोग चाहिन्छ ।’ त्यसमा सबैको साथ सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

कोहलपुर नगरपालिकाले करिब २ हजार ५ सय भन्दा बढि कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको विरुवा लगाएको छ ।

जुन बाह्रमासे हरियाली हुन्छ भने सुन्दर देखिन्छ । त्यसको संरक्षण गर्न नगरपालिका सहित स्थानिय र सरोकारवाला व्यक्तित्व, संघसंस्थाहरुले समेत यस अभियानलाई सहकार्य गर्दै आएका छन् ।