रझेना खानेपानीमा निर्वाचन समिति नै बाधक, एमालेकै इसारामा चलेको उम्मेदवारको आरोप

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ३ मा रहेको रझेना खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्वाचन पक्रिया अगाडी बढेको छैन ।

समितिको नयाँ कार्यसमिति निर्वाचन गराउनका लागि भदौ २३ गते तेस्रो साधारण सभाबाट निर्वाचन समिति गठन भएको थियो ।

जसमा रमन सुवेदी संयोेजक र सदस्यहरुमा जयकृष्ण न्यौपाने, बाबुराम अधिकारी, केशव रिजाल, पद प्रसाद लामिछाने, जुविना बम, धर्म राज शाही गरी ७ जनाको सदस्यीय निर्वाचन समिति गठन भएको हो ।

निर्वाचन समिति गठन गरी २३ गते नै मनोनयन दर्ता भयोे । मनोनयन गर्दा पश्चात सबै राजनितिक दलहरुले एकल/एकल नै उम्मेदवारी दर्ता गरेका थिए ।

उम्मेदवारी दिएका ४ अध्यक्षहरु मध्ये ३ अध्यक्षले भने एउटा अध्यक्षलाई समर्थन गरेका छन् । नेकपा माओवादी केन्द, नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा गरी ४ दलले नेपाली काँग्रेसका उम्मेदवार दोर्ण प्रसाद जैसीलाई समर्थन गरेका छन् ।

मनोनयन दर्ता भएको करिब २ हप्ता हुन लाग्यो तर अझै निर्वाचन समितिले भने कुनै पनि कामहरु अगाडि बढाएको छैन । नेकपा एमालेका उम्मेदवार केशव शाहीले पुनः मननोयनको माग राखेपछि विवाद सिर्जना भएको हो ।

निर्वाचन पक्रिया अगाडी बढाउनुको साटो मोवाइल स्वअफ नै गरी निर्वाचन समितिका संयोजक रमन सुवेदी सम्पर्क विहिन भएका छन् । उनले एमालेका उम्मेदवारको विषयलाई लिएर निर्वाचन पक्रिया नहुने र पुन नयाँ पक्रियाबाट जानुपर्ने भन्दै रोकेको ३ अध्यक्ष पदका उम्दवारहरुले आरोप लगाएका छन् ।

विहिबार पत्रकार सम्मेलन गर्दै ३ अध्यक्ष पदका उम्मेदवारले यस्तो आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका विष्णु खरेलले आफ्नो कार्यकालमा ७ सय बढि घरघरमा धारा जडान गरेको, ट्याङ्की निर्माण गरेको जस्ता थुप्रै कामहरु गरेको बताए ।

‘आफ्नो कामको मुल्याङकन नेकपा एमाललेका प्रतिनिधिहरुले गर्नुभएन तर केही छैन, निर्वाचन पक्रियामा नजाने तर सहमतिबाटै समिति निर्माण गर्ने भन्ने मेरो लक्ष्य छ’ उनले भने, ‘तर ३ अध्यक्ष पदका उम्मेदवारहरु सहमति बाटै समिति टुङ्याउने सहमति भयो तर नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका उम्मेदवार केशव शाही तयार नहुँदा विवाद बनेको छ ।’

अझै पनि निवार्चन समितिलाई भनेका छौं हामी सहमति भएर आइसकेका छौं अब निवार्चन समितिले तोकिएको मिति भन्दा फरक गर्ने लाग्यो भने त्यसको परिस्थति र उत्पन्न क्षति व्यर्होनुपर्ने खरेलले बताए ।

खरेल सहित ३ दलका अध्यक्ष पदका उम्मेदवारहरुले संयुक्त विज्ञप्ती समेत निकालेका छन् ।

हेर्नुहोस् ।