नेशनल प्याब्सन बाँकले दियो शिक्षकको आन्दोलनलाई ऐक्यबद्धता




कोहलपुर ।

सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले आन्दोलन गरिरहेका छन् ।

शिक्षकहरुका मागहरु जायज भएकोले मागहरुलाई पुरा गर्नुपर्ने भन्दै संस्थागत विद्यालयहरुको संगठन नेशनल प्याब्सन बाँकेले विज्ञप्ती जारी गर्दै ऐक्यबद्धता जनाएको छ ।

नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोर राज मल्ल र सचिव वेग प्रकाश चन्दको हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘शिक्षा सुधार गर्ने विषयमा सरकार आफै अग्रसर भई सरोकारवालाहरुको सहभागिता र संलग्नतामा ऐन, कानून निर्माण गर्नको साट्टा शिक्षक कर्मचारीहरुको मान मर्यादामा गम्भिर चोट पुर्‍याउन सरकार आफै उद्यत भई बालबालिको भविष्य निर्माणमा लाग्ने शिक्षकहरुलाई आन्दोलनमा हामिन बाध्य बनाउनु पश्चागामी, निरंकुश तथा पुरातनबादी शैली भएको नेशनल प्याब्सन बाँके ठहर गर्दछ ।’

शिक्षकहरुका मागहरु तत्काल पुरा गर्न नेशनल प्याब्सन बाँकेले आग्रह गरेको अध्यक्ष किशोरराज मल्ल बताउँछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ४ गते बिहीबार