जनताका प्रतिनिधिहरुले संविधान सभामार्फत् संविधान निर्माण गरी जारी भएको ८ वर्ष पूरा भएको सुखद अवसरमा कोहलपुर नगरवासीसहित देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवम् दाजुभाइहरुमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान, २०७२ लागु भएको ८ वर्ष पूरा भएको छ । संविधान जारी गरिएको यो विशेष दिनमा प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन एवम् विभिन्न कालखण्डमा भएका संघर्षमा जीवन अर्पण गर्नु हुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
घाइते, अपाङ्गता एवम् बेपत्ता पारिनुभएका योद्धाहरुलाई उच्च सम्मान व्यक्त गर्दछु । संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक अधिकार पनि सुनिश्चित गरेको छ । संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसंख्यक, मुसलमान, मधेसी, थारु, उत्पिडित,पिछडिएका वर्ग, क्षेत्र लगायत सम्पूर्ण नेपालीले आजसम्मको संघर्षबाट प्राप्त गरेका हक अधिकार र अवसरको सुनिश्चिततालाई संस्थागत गरेको छ । संविधानको अभ्यासकै क्रममा स्थानीय तहहरुले आफ्नो एक कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रारम्भ गरेको पनि एक वर्ष पूरा गरिसकेका छन् ।
संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिहरुले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अझै विद्यमान छ । अन्त्यमा,कोहलपुर नगरपालिकाले आफुलाई सार्वजनिक नीति र सार्वजनिक सेवा प्रवाहमा जनतालाई जोड्दै लगेको छ । सुशासन र जवाफदेहिताप्रति प्रतिबद्ध रहँदै कोहलपुरको विकास र सम्बृद्धिमा सम्पूर्ण नगरबासीको सहभागितकाको अपेक्षा सहित संबिधान दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
२०८०।०६।०३
पूर्ण प्रसाद आचार्य
नगर प्रमुख कोहलपुर नगरपालिका, बाँके ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्