बाँके, बर्दिया र दाङ जिल्लामा मात्र आइतबार सार्वजनिक विदा

कोहलपुर ।

लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालयले सूचना जारी गर्दै आइतबार लुम्बिनीका तीन जिल्लामा आइतबार (भदौ ३१ गते) सार्वजनिक विदा दिएको छ ।

थारु समूदायहरुको वडका अटवारी पर्व परेको हुँदा लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले आइतबार (भदौ ३१ गते) तीन जिल्लामा विदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारको मिति २०७९ चैत्र १७ गतेको निर्णयानुसार वडका अत्तवारीको दिनमा बाँके, बर्दिया र दाङ जिल्लामा आइतबार सार्वजनिक विदा दिइएको भदौ २८ गते सूचना प्रकाशित गरेको छ ।

यो सूचना हेर्नुहोस् ।