कोहलपुर १ मा राष्ट्रिय बाल दिवसको अवसरमा प्रभातफेरी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १ मा ५९ औं बाल दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ ।

बालबालिकामा लगानी : शुनिश्चित भविष्यको थालनी भन्ने मुल नाराका साथ कोहलपुर १ मा प्रभातफेरी कार्यक्रम गरिएको मनाइएको हो ।

कोहलपुर नगरपालिका वडा नं. १ को अयोजना र वडा स्तरीय बाल क्लबको समन्वयमा प्रभातफेरी कार्यक्रम गरिएको हो ।

कोहलपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसी लगायत सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

बालबालिकाहरुको विभिन्न विद्यामा प्रतियोगिता भैइरहेको छ ।