साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं ।

लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार निमोनियाका कारण पराजुलीको आज बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

उहाँको दिउँसो २ बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

काठमाडौं कोटेश्वरमा जन्मेका पराजुलीका एक दर्जन पुस्तक प्रकाशित छन् । उनी साहित्यिक पत्रकारितामा करिब ३० वर्षदेखि कार्यरत हुनुहुन्थ्याे ।