कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत पुनः ढकाल

कोहलपुर ।

कोहलपुर नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई आज स्वागत गरेको छ ।

नगरपालिकाकामा आयोजित एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदीलगायतका जनप्रतिनिधि र कर्मचारीहरुले ढकाललाई स्वागत गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको सरुवा भएपछि उनको ठाउँमा धोलकराज आएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराजको स्वागतमा आयोजित कार्यक्रममा नगर प्रमुख आचार्यले कोहलपुरलाई सम्बृद्ध बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको पनि भूमिका हुने भएकाले सबैसँग समन्वय र सहकार्य गरेर अघि बढ्नेमा विश्वास व्यक्त गरे ।

उनले जनप्रतिनिधिका समस्यालाई सहजीकरण गर्ने, जनप्रतिनिधिका निर्णयलाई कार्यान्वयन गर्ने सवालमा प्रमुख प्रशासकीय अधिकृतको सहयोग हुनेमा विश्वास व्यक्त गरे ।

त्यसैगरी नगर उपप्रमुख सुवेदीले पनि समन्वय र सहकार्यबाटै कोहलपुरलाई सम्बृद्ध बनाउन सकिने बताए । त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत ढकालले आफुले कोहलपुरको सम्बृद्धिका निमित्त सक्दो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले आफुले टिमवर्कमा काम गर्ने भएकाले त्यसैअनुसार सबैसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाए ।

कोहलपुर नगरपालिकाका प्रवक्ता नमबहादुर आलेले स्वागत गर्नुभएको उक्त कार्यक्रममा वडअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाका प्रमुख तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।