राप्तीसोनारीमा तीज विशेष कार्यक्रम

राप्तीसोनारी 

तीजपर्व २०८० सालको अवसरमा राप्तीसोनारी गाउँपालिकामा आइतबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजनामा संचालन गरिएको कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमकी प्रमुख अथिति तथा लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुनाले तीज पर्वले महिलाहरुको कथा व्यथा बोकेको पर्व भएको बताउदै सौहार्दपुर्ण वातावरणमा तडकभडक नगरी पर्व मनाउनु पर्ने बताइन । साथै उनले राप्तीसोनारीको विकासका आफु निरन्तर लागी परेको बताइन ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका बहुभाषी बहु सास्कृति भएको गाउँपालिका भएकोले आफ्ना रिती र संस्कृतिको संरक्षण र जर्गेना गर्नुपर्ने सबैको दायित्व रहेको बताए ।

हामीले चाडपर्वलाई भडकिलो बनाउनु हुदैन उनले भने साथै उनले तिज पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा समुहगत तिज गित प्रतियोगिता गराइएको थियो ।

प्रतियोगितामा बागेश्वरी वेष्र्ट इ.मी स्कुल राप्तीसोनारी २ प्रथम, आमा समुह बालापुर द्धितिय र प्रगतिशिल समुह तृतिय भएका थिएमा प्रतियोगिता समुहलाइ ४÷४ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिह थारुको सभापतित्वमा भएको कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाकी पुर्व उपाध्यक्ष धनी कुमारी खत्री, कोहलपुर नगरपालिकाकी उप प्रमुख संगीता सुवेदी,बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय , जनप्रतिनिधिहरु, कर्मचारी विभिन्न समुहका महिलाहरु लगायतको सहभागीता रहेको थियो ।