रझेना खानेपानीको तेस्रो बार्षिक साधारण सभा (फोटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ३ मा रहेको रझेना खानेपानी उपभोक्ता तथा सरसफाई समितिले तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

शनिबार कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समितिका अध्यक्ष विष्णु खरेलको अध्यक्षतामा तेस्रो बार्षिक साधारण कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले जनताको घरघरमा स्वच्छ र सफा पानी उपलब्ध गराउन निरन्तर लागि परेको बताए । नगर प्रमुख आचार्यले रझेना खानेपानी उपभोक्ता तथा सरसफाई समितिको भवन समेत उद्घाटन गरे ।

कोहलपुरमा २० प्रतिशतले मात्र स्वच्छ पानी पिउने गरेको छ उनले भने त्यसलाई बृद्धि गरी ४० प्रतिशत पु¥याउने नगरपालिकाको लक्ष्य छ ।

खानेपानीमा राजनितिक द्धन्द्ध मचाई जनतालाई स्वच्छ र सफा खानेपानी पु¥याउनेमा बाधा अट्चना गर्न कोही कसैको छुट नभएको नगर प्रमुख आचार्यले बताए ।

यस्तै नेपाली काँग्रेसका जिल्ला सभापति नारायण गौडेल, नेकपा माओवादी केन्द्रका बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्स, नेकपा एमालेका क्षेत्र नं. १ का संयोजक बलराम भट्टराई लगायत अन्य दलका नेताहरुले आफ्नो भनाई राखेका थिए ।

समितिका कोषाध्यक्ष तारा चन्द शाहीले गत आ.व. मा १ करोड २५ लाख ५४ हजार ६ सय ७७ रुपैया ७४ पैसाको कारोबार भएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

समितिका अध्यक्ष विष्णु खरेलले आफुले सकेसम्मको काम गरेको र जनताको घरघरमा स्वच्छ र सफा पानी उपलब्ध गराएको बताए ।

‘यो समितिको अध्यक्ष हुँदा यहाँ बोरिङ्ग मात्र गाडिएको थियो तर त्यसबाट पानी पनि आउँदैन थियो,’ उनले भने, ‘अहिले पानी ट्यांकी र भवन बनाई घरघरमा पानी उपलब्ध भएको छ ।’

आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबै राजनितिक दल, खानेपानी डिविजन प्रमुख तिलक न्यौपाने, वडा अध्यक्ष लगायत सबै उपभोक्ताहरुलाई धन्यवाद समेत दिएका थिए ।

साधारण सभामा पूर्वपदाधिकारी लगायत सदस्यहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रम सञ्चालन कल्पना कार्कीले गरेकी थिइन् ।