जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रलाइ अष्टम साना किसान सहकारीको सहयोग




राप्तीसोनारी ।

राप्तीसोनारी गाउँपालिका वडा नं ५ विनौना स्थित जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्रलाइ अष्टम साना किसान कृषि सहकारी संस्था बिनौना शाखाले शनिबार खाद्यान्न सहयोग गरेको छ ।

केन्द्रले आयोजना गरेको वडास्तरिय दर खाने कार्यक्रमको अवसर पारेर सहकारीका अध्यक्ष लिलावती थापाले १ क्वीन्टल चामल, १० लिटर तेल र १ पेटी बिस्कुट हस्तान्तरण गरेको संस्थाकी संचालक तारा वलीले जानकारी दिइन ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले आश्रमलाई विगतका दिनहरुमा सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताइन । साथै उनले संस्थाकी संचालक वलीले समाजमा प्रशंसनिय काम गरेको बताउदै सबैले उनको अभियानमा सहयोग गर्नुपर्ने बताइन ।

केन्द्रमा हाल १२ जना असहाय बालबालिकाहरु रहेका छन । केन्द्रमा रहेका बालबालिमाकहरुको शिक्षा खाद्यान्न सरसफाइ लगायतका आवश्यक समाग्रीहरु सहयोग गरिदिन केन्दले आग्रह गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार