शिवध्वज शाही ।
नेपाल साँस्कृतिक महासंघ राप्तीसोनारीको नयाँ कार्यसमितिको अध्यक्षमा जितेन्द्र स्वर्णकार भएका छन् ।
नेपाल साँस्कृतिक महासंघको बाँके जिल्लाका सबै पालिकाहरुमा समिति गठन गर्ने अभियान अन्तर्गत राप्तीसोनारीमा जितेन्द्र स्वर्णकारको अध्यक्षतामा समिति गठन भएको छ ।
शुक्रबार नेपाल साँस्कृतिक महासंघ बाँके जिल्ला सभापति सन्तोषराज पौडेलको सभापतित्व र प्रमुख अतिथिमा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल रहेका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नारायण वस्नेत, सचिवमा लोकमाया परिवार, सह सचिवमा सिलाकुमारी थारु चयन भएका छन् । यस्तै सदस्यहरुमा कमला कुमाल र गोरव विक्रम बुढा चयन भएका हुन् ।
यस्तै कार्यक्रममा नेपाल साँस्कृतिक महाँसंघ केन्द्रिय सह-माहामन्त्री जिनु हक, नेपाल साँस्कृतिक महाँसंघ पूर्व केन्द्रिय सह-महामन्त्री विरेन्द्र यादव, नेपाली काँग्रेसका बाँके क्षेत्र नं. १ निवर्तमान सभापति माधव राम खत्री, नेपाली काँग्र्रेसका जिल्ला कार्यसमिति सदस्य देव बहादुर खान, चक्र बहादुर अधिकारी, निरज चलाउने र टिका देवी के.सी. बाँके क्षेत्र नं. १ सचिव खुम बहादुर बस्नेत, बाँके क्षेत्र नं. १ का कार्यबहाक सभापति अमर बहादुर बुढाथोकी, बाँके क्षेत्र नं. १ संगठन विभा सचिव सारदा खतिवडा, बाँके क्षेत्र नं. १ प्रदेश ‘क’ प्रदेश सभा सदस्य गणेश डाँगी, राप्ति सोनारी गाउँपालिकाका सभापति भिम बहादुर राना, कोहलपुर नगर समिति उप सभापति भरत शर्मा, राप्ति सोनारी गाउँपालिका उपसभापति सेर बहादुर घर्ती, सहसचिव मनोज बैसे सदस्य दिपक बुढाथोकी लगायत राप्तीसोनारीका १, २, ३, ४, ५ का वडा सभापति तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम सञ्चालन नेपाल साँस्कृतिक महासंघ जिल्ला बाँकेको सह-सचिव शिवध्वज शाहीले गरेका थिए ।
काेहलपुर टुडे । २३ भाद्र २०८०, शनिबार ०९:३४