Kohalpur Today Header Ads

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित बैंठक प्युठानको स्वर्घद्वारीमा




भगवती पोख्रेल, कोहलपुर ।

स्वर्गद्वारी (प्युठान) नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको विस्तारित वैठक प्युठानको स्वर्गद्वारी सुरु भएको छ । भेला लाई नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उदघाटन गरेका हुन । उनले विस्तारित वैठकको उदघाटन गर्दै  मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले  तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गरे । जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा हिंड्न सहयोग पुग्ने पुनको भनाई छ ।

LIfe Ok

उनले  पार्टी र प्रेस युनियनबीच नङ र मासुको सम्बन्ध रहनुपर्ने भन्दै सभापति पुनले लुम्बिनीमा पार्टीले प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्ने वताए । सबै जिल्लामा परिपत्र गरेर युनियनसंग समन्वय गरी अगाडि बढ्न निर्देशन दिने पुनको भनाई छ । उनले  पार्टीलाई मिडियामैत्री बनाउँदै अगाडि बढ्न पर्यत्न गरिरहेको भन्दै प्रदेश र सबै जिल्लाहरुमा प्रेस सल्लाहकार राख्ने वताए । कांग्रेस बाँकेले प्रेस सल्लाहकार राखेर राम्रो कामको सुरुवात गरेको पुनको भनाई छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि युनियनसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै पुनले पार्टीले यसमा भूमिका खेल्ने पर्ने धारण राखे ।

विस्तारित वैठकलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले सम्बोधन गर्दै पार्टी र युनियनबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । वैठकमा युनियनका सबै जिल्ला अध्यक्षहरुले पार्टी र युनियन बीचको अन्तरसम्बन्ध, पार्टीसंगको अपेक्षा र विद्यमान अन्तरालका विषयमा बोलेका थिए ।

वैठकको अध्यक्ष प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले लुम्बिनीमा युनियन लाई पार्टीसंग जोड्दै समन्वय र सहकार्यका लागि काम गर्ने वताए  । प्युठान शाखा अध्यक्ष मधुसुदन भण्डारीले स्वागत मन्तव्य दिएको  संचालन लुम्बिनी प्रदेश महासचिव नवीन गिरीले गरेका थिए । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा दुई दिने प्रदेश भेला शुक्रबारदेखि स्वर्गद्वारीमा सुरु भएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० भदौ २३ गते शनिबार