काठमाडौं ।
एसिया कपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।
खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।
पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन बनाउँदा पानी परेर खेल स्थगित भएको थियो । भारतका लागि रोहित शर्मा र शुभमन गिलले ब्याटिङ गरिरहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० भदौ १८ गते सोमबार











प्रतिक्रिया दिनुहोस्