वर्षाले अवरुद्ध नेपाल र भारतबीचको खेल अझै सुरु भएन

काठमाडौं ।

एसिया कपमा नेपाल र भारतबीचको खेल वर्षाका कारण अवरुद्ध भएको छ । भारतले २.१ ओभर जवाफी ब्याटिङ गरेर १७ रन जोड्दा पानी पर्न थालेपछि खेल अवरुद्ध भएको हो ।

भारतका कप्तान रोहित शर्मा ४ र शुभमन गिल १२ रन बनाएर खेलिरहेका बेला पानी परेर खेल रोकिएको थियो । श्रीलंकाको पाल्लिकेलेमा पानी परिरहेकाले खेल कतिबेला सुरु हुन्छ भन्न सकिने अवस्था छैन ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो । नेपालका लागि आसिफ सेखले अर्धशतक पूरा गरे भने सोमपाल कामी अर्धशतकबाट २ रनमात्र टाढा रहे ।