अतिरिक्त क्रियाकलाप प्रतियोगितामा हिमालय, ग्रिनपिस र कोहलपुर बागेश्वरी प्रथम (फोटो फिचर)

कोहलपुर ।

कोहलपुर क्षेत्रका संस्थागत संगठन क्रिसाको आयोजना भएको अतिरिक्त क्रियाकलापमा हिमालय, ग्रिनपिस र कोहलपुर बागेश्वरी प्रथम भएका छन् ।

शनिबार भएको अतिरिक्त क्रियाकलापमा राप्तीसोनारी, बैजनाथ र कोहलपुरका ३० वटा विद्यालयहरुले सहभागि जनाएका थिए । क्रिसाले चित्रकला १-५, वक्तृत्वकला ६-८ र अनलाइन क्वीज ९-१२ गरी तीन विद्यामा अतिरिक्त क्रियाकलाप गरिएको थियो ।

जसमा चित्रकला १-५ को प्रतियोगितामा कोहलपुर बागेश्वरी कोहलपुर-३ मा अध्ययनरत यम बहादुर थापा प्रथम, जनज्योति पब्लिक एनसिसिएन कोहलपुर-२ मा अध्ययनरत सृष्टि शाही द्धितीय र स्काईल्याण्ड इमी स्कुल बैजनाथ-२ मा अध्ययनरत तिलिस्मा बुढा मगर तृतीय भएकी थिइन् ।

यस्तै वक्तृत्वकला ६-८ को प्रतियोगितामा ग्रिनपिस सेकेण्डरी चप्परगौडी-१२ मा अध्ययनरत प्रशान्त गौतम प्रथम, हिमालय विद्या निकेतन बैजनाथ-५ मा अध्ययनरत प्रशंसा गौतम द्धितीय र साइनिङ्ग स्टार कोहलपुर-८ मा अध्ययनरत कल्पना पोखेरल तृतीय भएका छन् ।

यस्तै अनलाइन क्वीज ९-१२ को प्रतियोगितामा हिमालय विद्या निकेतन बैजनाथमा अध्ययनरत सोभित खत्री/रविराज यादव प्रथम, पञ्चमुखी ईमी स्कुलमा अध्ययनरत सुमित यादव/मानव गैरे र भृकुटी ईमी स्कुलमा अध्ययनरत विष्णु परियार/पुष्पा घर्ती तृतीय भएका छन् ।

कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथि तथा क्रिसा बाँकेका अध्यक्ष वेग प्रसाद चन्दको अध्यक्षतामा तीन विद्यामा कार्यक्रम भएको हो ।

कार्यक्रम क्रिसा बाँकेका सचिव प्रकाश मल्लले सञ्चालन गरेका थिए भने क्रिसा बाँकेका उपाध्यक्ष महेन्द्र शर्माले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य लक्ष्मी सुवेदी, प्याब्सन बाँकेका जिल्ला अध्यक्ष यम रावत, नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम बहादुर कुंववर, नेशनल प्याब्सन बाँकेका बरिष्ठ उपाध्यक्ष किशोरराज मल्ल, क्रिसा बाँकेका उपाध्यक्ष महेन्द्र शर्मा, प्याब्सन कोहलपुर नगर अध्यक्ष गोविन्द सुवेदी, नेशनल प्याब्सन कोहलपुर नगर अध्यक्ष विष्णु केसी, नेशनल प्याब्सन बैजनाथ संयोजक कमानसिंह थापा, नेशनल प्याब्सन राप्तीसोनारीका अध्यक्ष सागर गौतम लगायतको उपस्थिति थियो ।

अनलाइन क्वीजको सहजकर्ता बागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक प्रमोद सुवेदी, वक्तृत्वकला प्रतियोगिताको निर्णायक बागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक खोपीराम वली र मिन बहादुर केसी र चित्रकला प्रतियोगिताको निर्णायक विक्रम शिशिर र उषा सुवेदी रहेका थिए ।

यो भिडियो पनि हेर्नुहोस् ।