ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा मेरो प्राथमिकता : बाँके ट्राफिक प्रमुख सुबेदी

कोहलपुर ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् ।

मुस्ताङबाट बाँके आएका सुवेदीले शनिबार पत्रकारहरुसंगको अन्तक्रिया कार्यक्रममा बाँके जिल्लाको मुख्य चुनौति भनेको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण भएकोले त्यसैमा केन्द्रित भएर काम गर्ने बताएका हुन् ।

‘मैले यी दुई काम गर्छु, जसले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणमा सघाउ पुर्‍याउनेछ तर अन्त्य गर्छ भनेर अहिले भन्दिनँ’, उनले भने, ‘ट्राफिक नियमको पूर्ण पालना गराउने कुरामा केही व्यवस्थापन गर्न सकिए मात्रै धेरै सहज हुन्छ त्यही अनुसार काम गर्छौं ।’

पत्रकारहरुको राय सुझाव लिँदै सुवेदीले स्थानिय पालिकाहरुसंग समन्वयमा विभिन्न कार्ययोजना निर्माण गरी ट्राफिक सचेतना, ट्राफिक संकेत, सवारी साधन र अटो रिक्सा व्यवस्थापनमा नियमन र कडाई गर्ने बताए ।

पत्रकारसँगको अन्तर संबादमा पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश सदस्य सरला सुबेदी, पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य डिल्ली शाही, पत्रकारहरु हेमन्त वि.क., प्रमोद रिजाल, प्रदिप वाग्ले, कुशल दलामी, कपिल न्यौपाने, कृष्ण वलि, निर्मल आचार्य, टार्जन वलि, मार्सलराज संज्याल, हुमहरी भट्टराई, रविन्द्र सिंह ठकुरी, सिवानी वि.क., पुष्पराज हमाल, प्रिया स्मृती ढकाल, बिद्युत्मा रैका, सजन रोकाय र प्रिया शाहि लगाएतका पत्रकारहरुको सहभागिता रहेको थियो ।