राप्तीसोनारी।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरी स्थित संर्घषशिल सामाजिक उद्यमी महिला सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको राप्तीसोनारी गाउँपालिका वडा नं ९ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति सोहनलाल थारुले उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष थारुले महिलाहरुको सक्रियतामा संचालन गरिएको सहकारी पछिल्लो समयमा १३ लाख मुनाफा गर्न सफल भएकोमा स्रहानिय काम गरेको बताए । उनले सहकारीको भवन निमार्णको जग्गाको विषयमा वडाले आवश्यक समन्वय र सहयोग गर्ने बताए । त्यस्तै उनले सहकारीले स्थानीय किसानहरुले उत्पादन गरेका खसी बोका बजारीकरण गरेकोमा सहकारीलाई धन्यवाद समेत दिएका थिए ।
कार्यक्रममा बोल्दै जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक गणेश खत्रीले सहकारीले किसानहरुका खसी बोकाहरुको संकलन तथा बजारीकारण गरेर स्थानीय किसानहरुलाई निकै ठुलो गुण लगाएको बताए ।
उनले महिलाहरुको सक्रियतामा सहकारीले फड्को मारेको समेत बताए । कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष दुर्गा पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप उचाईमा पु¥याउन संचालक समिति संघर्षशिल भएको बताइन । कार्यक्रमा संस्थाकी लेखा संयोज सिता वलीले लेखापरिक्षण परिक्षण प्रतिवेदन प्रस्तुत गरेकी थिइन ।

साधारण सभामा संस्थाका प्रबन्धक भुपेन्द्र खड्काले आर्थिक वर्ष २०७९/०८० को ५ करोड ९९ लाख ८५ हजार ७ सय ३७ रुपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रमा बोल्दै खड्काले सहकारीले करिब १२ लाख ९७ हजार ९२ रुपैया मुनाफा गरेको जानकारी गराएका थिए । कार्यक्रममा उत्कृष्ट हुने जुनेली समुह,सगरमाथा समुह,रामजानकी समुह,मनकामना समुह,मालती समुह,श्रीया समुह लाई सम्मान गरिएको थियो ।

त्यस्तै बालबचत कर्ता गंगा खड्का, हेमा थारु,पुजा थापा, ललित थापा,लक्ष्मी कठायत,आयुष केसी,उर्वर्सी रावल र जानकी थारु लाई सम्मान गरिएको थियो । संस्थाकी अध्यक्ष दुर्गा पौडलेको सभापतित्वमा भएको कार्यक्रममा महिला उपकार मंच कोहलपुरकी अध्यक्ष चन्द्रकला न्यौपाने, महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष भागीरथी खड्का विभिन्न संघ संस्थाका प्रतिनिधीहरु शेयर सदस्यहरु लगायतको सहभागीता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्