बर्दियाको बाँसगढीले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको छ । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीमा प्रहरी निरिक्षकको रुपमा शैलेश्वरी बोहरा आए सँगै बाँसगढीले पहिलो पटक महिला प्रहरी प्रमुख पाएको हो । २०४५ सालमा स्थापना भएको मोतिपुर ईलाका प्रहरी कार्यालयमा पूरुष मात्रै प्रमुखको रुपमा रहदै आएकोमा अहिले कार्यालयले महिला प्रमुख पाएको हो । प्रहरी निरिक्षक बोहरा कपिलबस्तु जिल्ला प्रहरी कार्यालयबाट सरुवा भई बाँसगढीमा आउनु भएको हो ।
प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले सँगै बोहराले बुधबार बाँसगढीका राजनितिक दल, उद्योग, व्यापारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी, जनप्रतिनिधी, सञ्चारकर्मीहरु सँग परिचयात्मक कार्यक्रमको आयोजना समेत गर्नुभएको छ । परिचयात्मक कार्यक्रममा सहभागिहरुबाट बाँसगढी क्षेत्रको शान्ति सुरक्षाको अवस्था, चुनौती, समस्या लगायतका बिषयमा सल्लाह सुझाव लिनु भएको छ । प्रहरी निरिक्षक बोहराले सहभागिहरुको सल्लाह सुझाव ग्रहण गर्दै आफनो कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
प्रहरी प्रमुख बोहराले बाँसगढी क्षेत्रको शान्ति सुरक्षा कायम राख्दै बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनु भएको छ । उहाँले विद्यालयहरुमा गएर बाल विवाह र लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, सडक दुर्घटना नियन्त्रण गर्न ठोस योजनाका साथ अघि बढ्ने बताउनुभयो । त्यस्तै सामाजिक सञ्जालको दुरुपयोगले गर्दा आउने विभिन्न समस्याहरुको बारेमा समेत सचेत गराउन सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, अवैध चोरी निकासी नियन्त्रण गर्ने लगायतका आफ्ना कार्ययोजना रहेको बताउनु भयो । प्रहरी प्रमुख बोहराले सबैको सल्लाह सुझाव र सहयोगका साथ आफ्नो कार्यकाल सफल बनाउने समेत प्रतिबद्धता जनाउनु भयो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्