पाल्पा ।
पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ।
एचबदजबतंद्द
आज बिहान गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरीका अनुसार एक महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
गाडीमा सवारी ८ जना घाइते भएका छन् । उनीहरुको प्रहरी र स्थानीयले उद्दार गरि उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। थप विवरण आउँन अझै बाँकि ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्