कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाको स्थापना कालदेखि गत आर्थिक वर्षसम्मको २५ करोड बढि रकम बेरुजु फछ्र्यौट गर्ने प्रक्रियामा रहेको छ ।
कोहलपुर नगरपालिकाको स्थापना कालदेखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख ३२ हजार ७ सय ८६ रुपैया बेरुजु औल्याएको थियो ।
नगरप्रमुखले साउन १९ एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार ७ सय ३७ रुपैयाँ, असुल उपर गर्नुपर्ने बेरुजु १ करोड ४३ लाख ७८ हजार ७ सय ४४ रुपैयाँ र म्याद नाघेको पेश्की बेरुजु ५ करोड ८० लाख ४३ हजार ३ सय ५ रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न ३ सय १४ जनालाई पत्र काटेको थियो । पश्चिम नेपालको उदयमान शहर कोहलपुरमा आर्थिक पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नु आफ्नो प्रमुख लक्ष्य राखेका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले भने, ‘९० प्रतिशत सम्म बेरुजु फछ्र्यौट हुने विश्वास लिएको छु ।’
‘हालसम्म करिब २५ करोड बढि रकम बेरुजु फछ्र्यौैैटका प्रमाण पत्रहरु पेश गरिसक्नुभएको छ ।’ सोही प्रमाण पत्रका आधारमा बेरुजु फछ्र्यौट गरिने नगर प्रमुख आचार्यले बताए ।
‘चालू आ.व.को अन्त्यसम्म गत आर्थिक वर्षसम्मको कुल बेरुजु मध्ये ९० प्रतिशत बेरुजु फर्छ्यौट हुने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।’ ‘सुशासन र जवाफदेहिता हाम्रो प्रमुख संकल्प हो, यस संकल्पमा आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।’
बेरुजु कम गरी सुशासनको प्रत्याभूती नगरवासीलाई गराउने उद्देश्यले बेरुजु फर्छ्यौट गर्ने कार्यमा लागि परेको नगर प्रमुख आचार्यले बताए ।
३ सय १४ जना मध्ये ५० प्रतिशत भन्दा बढिले बजेट फछ्र्यौटको लागि निवेदन दिएको कोहलपुर नगरपालिकाका बेरुजु फछ्र्यौट अधिकारी खिम बहादुर केसीले बताए ।
ढकालले नियमिति गर्नुपर्ने बेरुजुतर्फको करिब २४ करोड ४ लाख ७ हजार ८ सय ११ रकम र असुल उपर गर्नुपर्ने बेरुजुतर्फको करिब ४१ लाख ५६ हजार ९ सय ३२ रुपैया बेरुजु फछ्र्यौटको लागि प्रमाण पत्रहरु पेश गरिसक्नुभएको छ । व्यक्ति, संस्था र शाखाका कर्मचारी र गैसस लगायतबाट करिब ५ लाख बढि रकम असुल उपर भएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताए ।
यो पनि पढ्नुहोस् ।
कोहलपुरका नगर प्रमुख पूर्ण आचार्यको एक्सन : साढे ४३ करोड बेरुजु असुल गर्ने पत्र काटे
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्