कोहलपुर ।
बाँकेको कोहलपुरमा नेटको तार जोड्ने क्रममा एक जना युवाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ विकाशनगरमा नेटको तार जोड्न विजुलीको पोलमा चढेका सुर्खेतका १९ वर्षिय गौतम ओलीको करेन्ट लागेर मृत्यु भएको हो ।
नेटको तार जोड्न विद्युतको पोलमा चढेका ओली करेन्ट लागेर खसेपछि तत्काल स्थानियहरुले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।
घटना सम्बन्धि विस्तृत अध्ययन भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० भदौ १० गते आइतबार











प्रतिक्रिया दिनुहोस्