कुखुरा चोरेको भनेर छिमेकीबाट कुटिएका भुवनको मृत्यु

रुकुम पश्चिम ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्थानीयबाट कुटिएका एक बालकको मृत्यु भएको छ ।

वडा नम्बर ४ ताङतुङ्गेका ९ वर्षिय भुवन विकको आज बिहान मृत्यु भएको हो । उनी तीन दिन अघि भाद्र ७ गते स्थानीय रामबहादुर बुढाथोकीबाट कुटिएका थिए । कुखुरा चोरेको आरोपमा बुढाथोकीले भुवनमाथि कुटपिट गरेको स्थानीयकाे भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार भाद्र ७ गते कुटिएका भुवनलाई गाह्रो भएपछि आज बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो । तर स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका थिए । भुवनलाई २ दिनसम्म स्वास्थ्य संस्था ल्याइएको थिएन् ।

उनीमाथि कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढाथोकी बोल्न नसक्ने अपांग रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । भुवनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको उहाँको भनाई छ ।