कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा क्रकेट मैदान नजिकै नगर विकासको जग्गामा अतिक्रमण गरी निर्माण भएका टहराहरु भत्काउन सहमति जनाएका छन् ।
सर्वदलिय बैंठकमा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, लुम्विनी प्रदेश सभा सदस्यहरु दुर्गा चौधरी, कृष्णा केसी ‘नमुना’, बसन्ती अधिकारी, संविधान सभाका पूर्वसभामुख पूर्ण कुमारी सुवेदी, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, कोहलपुर नगरपालिकाका निवर्तमान नगर प्रमुख लुटबहादुर रावत, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य नरेन्द्र शर्मा, नेकपा समाजवादीका केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सगठन विभाग सचिव सि.एम उपाध्याय, राप्रपाका नगर संयोजक रुद्रमणी न्यौपाने, नागरिक उन्मुक्ती पार्टीका जिल्ला सचिव भूम बहादुर भण्डारी लगायतले सहमति जनाउँदै हटाउनुपर्ने बताएका थिए ।
कोहलपुर नगर विकास समितिको अतिक्रमित जग्गा सम्बन्धमा आज कोहलपुर नगरपालिकाले आयोजना गरेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा विभिन्न ३१ जना राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य, जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुले नगर विकासको स्वामित्वमा रहेको जग्गामा निर्मित सरचना खाली गर्न सात दिनको समय दिने सहमति गरेका हुन् ।
साथै कार्यान्वयनका लागि समिति समेत गठन गरिएको छ । नगर प्रमुख पूर्ण प्रसाद आचार्यको संयोजकत्वमा ९ सदस्यीय राजनीतिक दलका प्रतिनिधि सम्मेलित समिति गठन गरिएको हो ।

समितिमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति वीरेन्द्र कुमार शाह, नेकपा एमालेका तर्फबाट नगर अध्यक्ष नम प्रसाद शर्मा, नेकपा माओवादीका तर्फबाट नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नगर सभापति भरत पनेरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर संयोजक रुद्रमणी न्यापने, नेकपा एकिकृत समाजवादीका तर्फबाट नगर अध्यक्ष शिव डाँगी, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट जिल्ला सचिव भूम बहादुर भण्डार, नेपाल मजदुर किसान पार्टीका तर्फबाट नगर अध्यक्ष खड्क थापा र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट नगर अध्यक्ष तिलक राज पौडेल रहेका छन् ।
कोहलपुर नगर विकास समितिको तेस्रो चरण क्षेत्र अन्तर्गतको कोहलपुर ३ (ख) को ३६ विघा जग्गा अतिक्रमणको चपेटामा छ ।
२०६२–०६३ सालदेखि क्रिकेट मैदान आसपासका जग्गाहरु अतिक्रमण गरि व्यक्तिहरु बसोबास गर्दै आएका छन् ।
नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा अहिलेसम्म ६१८ घरधुरी बसोबास रहेको तथ्याङ्क छ ।
सरकारी जमिनमा आफूखुसी संरचना निर्माण गरी प्रयोग गर्दै आइएको पाइएपछि विस २०७५ साल पुष २० गते, त्यसैगरी २०७६ साल माघ २४ गते र २०७९ साल भदौ २३ गते नगर विकास समितिको बोर्ड बैठकले संरचना हटाइ खाली गर्ने निर्णय गरेको थियो ।
२०७९ साल भदौ १४ गते ३५ दिने सूचना नै जारी गरेर संरचना हटाउन भनिएको थियो ।
पटक पटक सरचना हटाउन सूचना जारी गर्दा पनि अनाधिकृत संरचना नहटाएपछि नगरपालिकाले आज राजनीतिक दल, प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र गृह प्रशासनलाई बोलाएर सरकारी जग्गा संरक्षणमा दवाव बढाएको हो ।
कुनैपनि बाहनामा सरकारी जग्गा अतिक्रमण हुन नहुने भन्दै वास्तविक सुकुम्बासी र भूमिहीनहरुलाई हटाउँदा विकल्प भने दिनु पर्ने सुझाव दिएका थिए ।
नगर प्रमुख आचार्यले सर्वदलीय तथा सर्वपक्षीय बैठकले नगर विकासको स्वामित्वमा रहेको अतिक्रमित संरचना हटाउने सबैको सहमतिलाई अव कार्यान्वयन गरिने बताए ।
उनले विगत केही वर्षदेखि अनाधिकृत रुपमा सरकारी जग्गा किनबेच हुने गरेको भन्ने समेत सुन्नमा आएकाले त्यो बिषयमा समेत छानबिन गरि दोषीलाई कारवाही गरिने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।
सहमति पत्र सहित

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्