वडा अध्यक्ष र सचिवलाई मानव बेचविखन विरुद्ध एक दिने अभिमूखिकरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका वडा अध्यक्ष र सचिवहरुलाई मानवबेचविखन विरुद्ध एक दिने अभिमूखिकरण कार्यक्रम गरिएको छ ।

शुक्रबार माइती नेपालको आयोजनामा १५ वटै वडाका अध्यक्ष तथा सचिवहरुलाई मानवबेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी एक दिने अभिमूखिकरण कार्यक्रम गरेको हो ।

बाँकेमा अन्य पालिकाभन्दा कोहलपुर ट्रान्जिट प्वाइन्ट भएका कारणले उच्च जोखिममा छ । नेपाल प्रहरी र माइती नेपालको तथ्थांक अनुसार देशभरी नै ५ सय २९ जनालाई उद्धार गरेको थियो भने बाँकेमा भने ८२ जना रहेका थिए ।

बाँकेका ८२ मध्ये २१ जना कोहलपुर, २० बैजनाथ, १४ नेपालगञ्ज, १३ राप्तीसोनारी, १२ खजुरा, जानकी र डुडुवा १/१ जना र नरैनापुरमा भने शुन्य रहेको तथ्थांक रहेको माइती नेपाल नेपालगञ्ज कार्यालयका प्रमुख केशव कोइराला जानकारी दिए ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण वडा समितिले घटना दर्ता सम्बन्धि व्यवस्था, कसुर तथा उजुरी गर्ने कानुनी प्रकृया र प्रावधानका बारेमा वडा अध्यक्ष र सचिवलाई जानकारी गराइएको थियो ।