Kohalpur Today Header Ads

दिसा गर्न खोला जाँदा दाङमा एक जना वृद्धा वेपत्ता




दाङ ।

दाङमा खोलाले बगाउँदा एक जना वृद्ध वेपत्ता भएका छन् ।

घोराही बेलझुण्डी नजिकैको पत्रे खोलाले घोराही उपमहानगरपालिका-११ स्थित झमरेका ६४ वर्षिय तिलकराम विकलाई बगाउँदा वेपत्ता भएका हुन् ।

LIfe Ok

उनलाई खोला किनारामा गएको बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिए ।

अरु दिनझै दिसा गर्न खोला किनारामा गएका विक अबेरसम्म पनि नफिर्कएपछि परिवारका सदस्य खोजी गर्दै खोलासम्म पुगेका थिए ।

सो क्रममा खोला किनारामा उनको छाता, चश्मा र लठ्ठि फेला परेको परेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार