कोहलपुर ।
नेपाल प्रेस यूनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन् । युनियनको शनिबार सम्पन्न १२औं जिल्ला अधिवेशनले शारिरीक अपाङ्गता भएका रेडियोकर्मी ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
समितिमा मिडियागत प्रतिनिधित्व, सिमान्तकृत, अल्पसंख्यक र पिछडिएको क्षेत्रका ब्यक्तिलाई निर्वाचित गरेर समिति साँच्चीकै समावेशी बनेको छ ।
उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सह-सचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् ।
सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्