प्रेस यूनियन बाँकेको अध्यक्षमा ढकाल

कोहलपुर ।

नेपाल प्रेस यूनियन बाँकेको अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन् । युनियनको शनिबार सम्पन्न १२औं जिल्ला अधिवेशनले शारिरीक अपाङ्गता भएका रेडियोकर्मी ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

समितिमा मिडियागत प्रतिनिधित्व, सिमान्तकृत, अल्पसंख्यक र पिछडिएको क्षेत्रका ब्यक्तिलाई निर्वाचित गरेर समिति साँच्चीकै समावेशी बनेको छ ।

उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सह-सचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् ।

सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिएका छन् ।