कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरुले रक्त पहिचान गराएका छन् ।
आइतबार नेपाल स्वयंसेवी रक्तदाता समाज कोहलपुरको आयोजनामा भएको कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययनरत ७१ जना विद्यार्थीहरुले रक्त पहिचान गराएका हुन् ।

कार्यक्रमममा वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमालको प्रमुख अतिथि तथा नेपाल स्वयंसेवी रक्तदाता समाज कोहलपुरका अध्यक्ष चिन्तामणि धितालको अध्यक्षतामा रक्त समूह पहिचान कार्यक्रम गरिएको होे ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कोहलपुरका अध्यक्ष चिन्तामणि धितालले आकस्मिक सेवा लिँदा वा दिँदा रक्त समूह आवश्यक पर्ने भएकोले रक्त समूह परिचानको कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ६ का वडा सदस्य गोविन्द वाग्ले, विभागीय प्रमुख एकराज शर्मा, अतिरिक्त क्रियाकलाप समिति संयोजक ज्ञानेन्द्र शाही, उपाध्यक्ष हेम कुमार रावत लगायत प्राध्यापकहरु समेत उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्