थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स

काठमाण्डौ ।

नेपाल धितोपत्र बोर्डले थप कम्पनीहरुलाई ब्रोकर लाइसेन्स दिएको छ । पछिल्लो पटक बोर्डले थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

बोर्डले साउन २४ गतेको निर्णयानुसार जे.वि.एन. एल. सेक्युरिटिज, आर वि.वि. सेक्युरिजिट र सि.वि.आई.एल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको छ ।

धितोपत्र व्यवसायी(धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका कम्पनीलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

बोर्डले सिमित कार्य गर्ने कम्पनीलाई लाइसेन्स दिएको बताएको छ । हालसम्म बोर्डबाट ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या ३२ वटा पुगेको छ ।

ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका मध्य ४३ कम्पनीहरुलाई आशयपत्र प्रदान गरेको थियो । यसअघि चरणवद्ध रुपमा बोर्डले २९ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरी सकेको हो । अब ११ कम्पनीहरुले लाइसेन्स पाउन बाँकी रहेको छ ।