शुदाम शर्मा, रुकुम पश्चिम ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ निवासी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ ।
प्रहरीले बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका ५ टटेला निवासी ३० वर्षिय शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरेको हो ।
प्रहरीले आज सोमबार बेलुका पत्रकार सम्मेलन गरेर उहाँहरुलाइ सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभा कुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।
बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनसायले ढुंगाले कन्चटमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ । बुढाथोकीको हत्या गरेर बोहराले एक थान मोबाईल, पोते, सुनको एक थान सिक्रि, सुनकाे एक थान तिलहरी, सुनका कानबाली एक जाेडा र सुनकाे चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको छ । त्यस्तै घटनास्थलबाट रगतजस्ताे देखिने राताे पदार्थ लागेकाे लाम्चाे, चेप्टाे ढुंगा लाेराे पनि बरामद भएकाे छ ।
लुटिएका सुनका गहना खलंगा बजारमा सुनचाँदि व्यवसाय गर्ने सोनीले बिना बिल, बजार मूल्य भन्दा पचास हजार कम मूल्यमा खरिद गरेर गालेको अवस्थामा फेला पारिएको प्रहरीको भनाई रहेको छ । साेनीले एक लाख ८४ हजारमा बाेहराबाट सुन किनेकाे बताइएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्