शम्सेरगंज खानेपानीका नवनिर्वाचित पदाअधिकारीहरुले लिए सपथ तथा पदभार ग्रहण

कोहलपुर ।

बाँकेको कोहलपुर १४ मा रहेको शम्सेरगंज खानेपानी तथा सरसफाई उपभोक्ता समितिका नवनिर्वाचित पदाअधिकारीहरुको सपथ तथा पदभार ग्रहण गरेका छन् ।

साउन २० गते अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाअध्यक्ष गरी ४ पदमा निर्वाचन भएको थियो भने सदस्य सर्वसम्मत चयन भएका थिए । यस्तै अध्यक्ष पदमा दान बहादुर वलीले १२१ मत प्राप्त गरी विजयी भएका छन् उनका प्रतिद्वन्दी शिवलाल न्यौपानेले ७१ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा भने दुवै उम्मेदवारले ९३ मत प्राप्त गरे । दुवैले सम्झौता बमोजिम गोलापर्था मार्फत उपाध्यक्ष चयन भएको थियो । गोलापर्था गर्दा कल्पना कडेल खत्रीले विजयी भएकी थिइन् ।

यस्तै सचिव पदमा पुजा सुवेदीले ११५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटत प्रतिद्वन्दी तिलक विकले ७१ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्ष पदमा बासुदेव शर्माले १ सय ९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटत प्रतिद्वन्दी चम्फा मल्लले ७४ मत प्राप्त गरिन् ।

यस्तै सदस्यहरुमा लक्ष्मी कंवर कार्की, गिता भण्डारी, लक्ष्मी घिमिरे, सुनिता विक सर्वसम्मत चयन भएका हुन् ।

आइतबार एक औपचारीक कार्यक्रम गरी शम्सेरगंज खानेपानीले पदाअधिकारी तथा सदस्यहरुलाई निर्वाचन अधिकृत रामपदरथ शर्माले सपथ खुवाएका थिए । सपथ पश्चात पूर्वअध्यक्षले निवर्तमान अध्यक्षलाई मान्यूनट हस्तातरण गर्दै पदभार गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर १४ का वडा अध्यक्ष नम बहादुर आले रहेका थिए भने नवनिर्वाचित अध्यक्ष दान बहादुर वलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।