अखिल (क्रान्तिकारी) बाँकेले भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्दै सिडियो मार्फत प्रधानमन्त्रीलाई बुझायो हस्ताक्षर

कोहलपुर ।

अखिल (क्रान्तिकारी) बाँकेले सरकारको भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्दै सिडियो मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएका छन् ।

मंगलबार हस्ताक्षर संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज सुर्य प्रकाश घर्ती मगरले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा गरिएको हस्ताक्षर संकलन गरी सिडियो मार्फत प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएका हुन् ।

‘प्रचण्ड सरकारको सरोकार, भ्रष्टाचार विरुद्ध नागरिकको हस्ताक्षर’ भन्ने मूल नारा सहित संकलन गरिएको हस्ताक्षर बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य मार्फत प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले बताए ।

यस्तै हस्ताक्षर बुझाउने कार्यक्रम केन्द्रिय सचिव तथा प्रदेश सह–इन्चार्ज तुल्सीमणि के.सी., अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष महेश बस्नेत, महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सचिव हरेन्द्र बि.क. लगायत जिल्ला पदाधिकारी, क्याम्पस समिति र विद्यार्थीहरुको उपस्थितिमा रहेको थियो ।