डिभिजन वन बाँकेको स. मिलमा छापा : १ सय ९० क्वीफिट सालको काठ बरामद

कोहलपुर ।

बाँकेका दुई पालिकाबाट १ सय ९० क्वीफिट सालको काठ बरामद गरेको छ ।

मंगलबार डिभिजन वन कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले मंगलबार स मिलमा छापा हानेपछि १ सय ९० क्वीफिट अबैध काठ बरामद गरेको हो ।

जानकी गाउँपालिका-५ को शिवशंकर स मिलबाट १ सय ३९ क्वीफिट र नेपालगञ्ज उप- महानगरपालिका-२० को मनकामना स मिलबाट ५१.८२ क्वीफिट सालको काठ बरामद गरेको डिभिजन वन कार्यालय बाँकेका सहायक बन अधिकृत नारायण पार्थेले बताए ।

बरामद गरिएको काठको बारेमा थप अनुसन्धान गरि कानुन अनुसार कारवाही गर्ने सहायक वन अधिकृत पार्थेले बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका २० नम्बर वडाका अध्यक्ष कौशल कुमार धोवि, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारी, कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही, डिभिजन वन कार्यालय बाँकेका कर्मचारी र बनरक्षकहरुको सहभागिता रहेको थियो ।