Kohalpur Today Header Ads

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा पहिरो खस्दा २ जनाको मृत्यु




शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ७ को बाँसथलामा घाँस काट्ने क्रममा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । आइतबार दिउँसो पौने तीन बजेको समयमा बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका बेला पहिरोसंगै खस्दा स्थानीय एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LIfe Ok

मृत्यु हुनेमा बाँफिकोट ७ की ४५ वर्षिया धनमाया खत्री र सोही ठाउँका ४४ वर्षिय कालीबहादुर खड्का रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए । उजका अनुसार खत्री र खड्काको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै घाइते हुनेमा बाँफिकोट ७ कै ४२ वर्षिया बलकुमारी खत्री रहेको छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार