पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध




बुटवल–पाल्पा सडक खण्डअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्ध भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ–३ सिद्धबाबा नजिकै आइतबार बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको हो।
पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको भए पनि अझै केही घण्टा लाग्न सक्ने दोभान प्रहरी चौकीले जनाएको छ।

अहिले पनि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। दुइवटा जेसिबीले पहिरो पन्छाउने काम गरिरहेको प्रहरीले जानकारी दिएको छ।
सुरूङ मार्गको रिब यसअघि नै पुरिएको थियो। आज बिहान पाँच बजेतिर थप पहिरो खसेको प्रहरीले जानकारी दिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतबार