१ हजार ७ सय ८९ मत गणना गर्दा टेक नारायण ४९ मतले अग्रता




कोहलपुर ।

कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा १ हजार ७ सय ८९ मत गणना हुँदा टेक नारायण भुषाले ४९ मतको अग्रता लिएका छन् । सूरुवाती देखिनै अग्रता लिएका हुन् ।

लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार टेकनारायण भुषालले ७ सय ४५ मत प्राप्त गरेका छन् भने ४ दलिय गठबन्धनको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रूद्र खनालले ६ सय ६९ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार विष्णु तिवारीले २ सय ५८ मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट उपाध्यक्षमा विर बहादुर विष्टले ७ सय २६ मत प्राप्त गरेका छन् भने साझा प्यानलको तर्फबाट उपाध्यक्षमा यम बहादुर रावत क्षेत्रीले ५८९ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट उपाध्यक्षमा मोहन प्रसाद चापागाईंले ३ सय ३२ मत प्राप्त गरेका छन् ।

यस्तै लोकतान्त्रिक प्यानलको तर्फबाट सचिवमा गोविन्द वाग्लेले ५ सय ६५ मत, सह–सचिवमा बाल कुमारी सापकोटाले ७ सय २१ मत, कोषध्यक्षमा ध्रुव आचार्यले ७ सय ३७ मत र सह– कोषाध्यक्षमा ईश्वर प्रसाद शर्माले ७ सय ४२ मत प्राप्त गरेका छन् ।

यस्तै साझा प्यानल तर्फबाट सचिवमा राम कृष्ण पाण्डेले ५ सय ९४ मत, कोषध्यक्षमा नारायणी वलीले ६ सय ४२ मत, सह–सचिवमा यशोदा थापाले ७ सय १ मत र सह–कोषध्यक्षमा रेशमलाल सापकोटाले ६ सय ५९ मत प्राप्त गरेका छन् ।

यस्तै स्वतन्त्र प्यानलको तर्फबाट सचिवमा संजय मण्डलले ४ सय ७ मत, कोषाध्यक्षमा शिवराज पोख्रेलले २ सय ६२ मत र सह–कोषाध्यक्षमा अमृत बहादुर श्रेष्ठले २ सय ३७ मत प्राप्त गरेका छन् ।

कुल ५ हजार २ सय ७७ मतदाता मध्ये २ हजार ८ सय ८७ जनाले मतदान गरेका थिए । अहिले १ र ५ वडामा मतगणा चलिरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार