बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट सह–कोषाध्यक्ष पदका उम्मेद्वार इश्र्वर प्रसाद शर्मा को हुन् ?
जाजरकोट जिल्ला कुशे–३ मा वि.स. २०४१ बैशाख ४ गते शर्माको जन्म भएको हो । बुवा महेश्वर शर्मा र आमा कालिका शर्माका एक्ला सन्तान हुन् । नेपालको पहाडि, दुर्गम, जल, जमिन, जंगलले भरिपूर्ण जिल्ला जाजरकोटको सामान्य परिवारमा जन्मेका शर्माको बाल्यकाल अभावमै बित्योको थियो ।
शर्माकी श्रीमति पुष्पा पौडेल शर्मा हुन् । वि.स. २०५७ सालमा एसएलसी पास गरेका शर्माले समाजशास्त्र र ग्रामिण विकास विषयमा एम.ए. सम्मको अध्ययन पुरा गरेका छन् । स्कुले जीवनदेखि विभिन्न क्षेत्रमा सक्रिय यूवा हुन् शर्मा । २०७० सालमा कोहलपुर आएका शर्मा कोहलपुर क्षेत्रमा विभिन्न संघसंस्थाको नेतृत्व गरिरहेका छन् । काहेलपुर जेसीजको अध्यक्ष, घरेलु महासंघ, कोहलपुरको कार्यकारी सदस्य, व्रेन्ट सर्मिस प्रा.लि.को संचालक समेत रहेका छन् ।
नेपाली काँग्रेस कोहलपुर नगरपालिका वडा नं. ११ का वडा सचिवका रुपमा हाल जिम्मेवारी निर्वाह गरिरहेका छन् । शर्माले स्वच्छ तथा शुद्ध खानेपानीको आपूर्ति, सुशासन, प्रविधि र उपभोक्ताको सहजतामा पहुँच पुर्याउने उद्देश्य सहित खानेपानीको दीर्घकालिन योजना बनाई बृहत खानेपानीको आयोजना निर्माण गरि सम्पूर्ण कोहलपुरबासीको घरघरमा पानी पुर्याउने संकल्प लिईएको बताएका छन् । संस्थामा पारदर्शिता, जवाफदेहिता सहितको स्पष्ट कार्ययोजनाका साथ काम गर्ने अठोट लिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्