कोहलपुर खानेपानीको चुनावमा : कोषाध्यक्ष पदको उम्मेदवार वलीलाई भोट किन ?

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. १२ की स्थायी बासिन्दा नारायणी वली । उनी महिलाहरुको प्रेरणाको स्रोत र अनुभवले खारिएकी सक्षम महिला नेतृ हुन वली ।

२०७४ सालको पहिलो स्थानिय तह निर्वाचनमा अत्याधिक मतले विजयी हुँदै कार्यपालिका सदस्यको भूमिका निर्वाह गरिसकेकी वली यतिबेला कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता सस्थाको कोषाध्यक्ष पदका लागि चुनावी मैदानमा छिन् ।

यहि श्रावण १२ गते हुने निर्वाचनमा वलीले ४ दलिय गठबन्धन सहितको साझा समावेशी प्यानलको तर्फबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् ।

बि.सं २०५५ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटिमा आवद्ध भएर राजनैतिक यात्रा सुरु गरेकी वली पछिल्लो समय नेकपा एकिकृत समाजवादी पार्टी बाँके जिल्ला कमिटि सचिवालय सदस्य तथा अनेमसंघ समाजवादी जिल्ला अध्यक्षको रुपमा राजनितिमा सक्रिय छिन् ।

राजनितिमा महिला सहभागिता बढाउन महिला स्वयं नै अग्रसर हुनुपर्ने धारणा राख्ने वली महिलालाई अवसर दिने हो भने पुरुष सरह काम गर्न सक्छन् भन्ने गतिलो उदाहरण हुन् ।

महिला अधिकारको क्षेत्रमा र विभिन्न सामाजिक क्षेत्रमा उनी विगत दुई दशकदेखि सक्रिय रहदै आएकी छिन् । विषेश गरी महिलाहरुका मुद्दालाई शसक्त रुपमा उठाउँदै आएकी युवा नेतृ वली सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् ।

वलीले विभिन्न क्षेत्रमा लामो अनुभव समेत हासिल गरेकी छन । २०६१ सालमा सुशासन तथा पैरवीकर्तामा आवद्ध भएकी वली खानेपानिमा भैइरहेको व्यथिती र अनियमितताको बिरुद्ध खरो रुपमा उत्रीदै आएकी छिन् ।

खेलकुदमा समेत विशेष चासो राख्ने वली जिल्ला खेलकुद विकास समिति बाँकेको कोषाध्यक्ष समेत भईन । जिल्ला महिला पैरवी मञ्च बाँकेको अध्यक्ष, राष्ट्रिय महिला अधिकार सरोकार मंचको केन्द्रिय सदस्य तथा कार्यवाहक कोषाध्यक्ष भईसकेकी वली २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा कोहलपुर नगरपालिका वडा नं. १२ बाट महिला सदस्य पदमा निर्वाचित भएकी थिईन ।

कार्यपालिका सदस्य हुँदै नगरपालिकाको विभिन्न जिम्मेवारीमा रहँदा वलीले शिक्षा, स्वास्थ्य, बालबालिका तथा महिलाको क्षेत्रमा उदाहरणीय काम गर्न सफल भइन् ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा प्रत्यक्ष रुपमा उद्धार तथा उपचार कार्यमा सहभागी भएकी वली आफै पनि कोरोना संक्रमित भएकी थिईन ।

विभिन्न क्षेत्रमा काम गर्दै खारिएर आएकी वली यति बेला आम कोहलपुरबासीलाई स्वच्छ खानेपानी खुवाउने कुरा नै पहिलो प्राथमिकता हो भन्दै चुनावी अभियानमा उत्रीएकी छिन् ।

त्यसका लागी हाल भूमिगत जलश्रोतको लागि डिप ट्युबेल र टयाङ्कीको क्षमतावृद्धि गरी थप ट्युबेल र ट्याङ्की निर्माण, कोहलपुरको मुख्य सडकको दुवै साइडमा पाइप बिस्तार, कोहलपुर क्षेत्रमा रहेका अन्य खानेपानी आयोजनालाई समेत समेटेर एकीकृत खानेपानी विकासको गुरु योजना निर्माण लगायतका योजनालाई विशेष प्राथमिकतामा राखीएको उनी बताउँछिन ।

खानेपानी उपभोक्ता समितिको ४ वर्षे कार्यकालमा कोहलपुरबासीलाई सर्व सुलभ खानेपानीमा पहुँच पुर्‍याउने, लक्षित वर्ग, विपन्न, दलित, भूमिहीन सुकुम्बासीलाई अति सहुलियत मूल्यमा खानेपानी बितरण र मुख्य बजार क्षेत्रमा निशुल्क रुपमा उपभोग गर्ने गरी खानेपानीको धाराहरू मार्फत खानेपानी वितरण कार्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने वलीले बताएकी छिन् ।

उनले आफ्नो प्यालनका सबै उम्मेदवारहरूलाई अत्याधिक मतले विजयी गराउन मतदाताहरूसँग अपिल समेत गरेकी छन् ।