कारकादो युवा स्पोर्टसलाई (१-४) ले हराउँदै कोहलपुर रेसिङ सहाराको जित

कोहलपुर ।

बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जित हासिल गरेको छ ।

सोमबार भएको दोस्रो खेलमा कारकादो युवा स्पोर्टस क्लबलाई (१-४) ले पराजित कोहलपुर रेसिङ सहारा क्लब जित हासिल गरेको हो ।

बाँकेको कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा कोहलपुर रेसिङको जितमा आयुश घर्तीमगर, हेमन्त घर्तीमगर, ईश्वर श्रेष्ठ, महेश विकले १–१ गोल गर्नु भयो । आयुशले ७ मिनेट, हेमन्तले १२ मिनेट, ईश्वरले १६ मिनेट र महेशले ६०औं मिनेटमा गोल गरेका थिए ।

कारकादोका लागि सुदिप केसीले ५२औं मिनेटमा गोल गरेका थिए । खेलमा कोहलपुर रेसिङका कप्तान सुनिल थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भएका थिए ।

थापालाई स्वेता सेनिटरी सुपर लेसका प्रोपाइटर उपेन्द्र बुढाथोकी, शिवशक्ति नमूना आधारभुत विद्यालयका प्रअ बद्रीनाथ सापकोटाले पुरस्कार हस्तान्तरण गरेका थिए ।
यसैगरी सोमबार भएको पहिलो खेलमा मिलन युवा स्पोर्टस क्लब र नवदुर्गा युवा क्लबबिचको खेल १–१ बराबरीमा सकिएको थियो ।

बराबरीमा सकिएपछि दुबै टिमले अंक बाढेका छन् । सोमबार सुरुआतमै नवदुर्गाले खेलमा अग्रता लिएको थियो । नवदुर्गाका शंकर दमाईले ६ मिनेटमा गोल गरेर टोलीलाइ अग्रता पु¥याएका थिए । तर २३औं मिनेटमा मिलन युवाका सरोज केसीले गोल गर्दै खेल बराबरी हुन पुग्यो ।

बराबरी गोल गर्ने सरोज पहिलो खेलको प्लेयर अफ द म्याचको रुपमा पुरस्कत भएका थिए भने समाजसेवी अर्जुन जंग शाहले पुरस्कार हस्तान्तरण गरेका थिए ।

लिगकम नकआउटको आधारमा भैरहेको प्रतियोगितामा सहभागि क्लबलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका छन् ।

यसैगरी समुह ‘बी’ मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका छन् ।

समुह ‘ए’ र समुह ‘बी’ को विजेता र उप–विजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले बाँके जिल्लाको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेश लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।

प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो खेलमा पहिलो खेल न्यु डाँफे स्पोर्टस क्लब र रोयल नेपालगन्ज फुटबल क्लबबिच हुनेछ । दोस्रो खेल जय किसान स्पोर्ट्स क्लब र ओशोनिक क्लबबिच हुनेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगिता असारको १३ गते सम्म चल्ने छ ।