सडकमा फोहर फाले ५ हजारदेखि १५ हजारसम्म जरिवाना

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ वडा कार्यालयले सडकमा फोेहर फाले ५ हजारदेखि १५ हजारसम्मको जरिवाना लगाउने भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले मंगलबार सरसफाई गर्ने क्रममा कोहलपुरका व्यपारीहरुलाई भनिन्,अबदेखि फोहर फाले ५ हजारदेखि १५ हजारसम्मको व्यवस्था गरी कार्यान्वयन गरिने चेतावनी दिएकी छिन् ।

सोमबार दिनमा कोहलपुर न्यूरोडदेखि हुँदै इलाका प्रहरी कार्यालयसम्म सरसफाई भएको थियो भने मंगलबार एनटिभी रोड हुँदै साँझाचोकसम्म सरसफाई अभियान सञ्चालन भएको थियो । वडा अध्यक्ष अधिकारीले फोहर व्यवस्थापनका लागि दैनिक दुई पटक ट्याक्टरको व्यवस्था गरी फोहर उठाउने बताइन् ।

तर फोहर सबैले सडकमा फाल्ने बन्द गरी सुन्दर नगरको पहिचान दिन व्यापारीहरुलाई आग्रह गरेकी छिन् । जरिवाना भन्न वित्तिकै तिराउने होइन, तर तीन पटक सम्म चेतावनी दिइन्छ त्यसपछि जरीवाना काट्ने छौं त्यसको लागि नगर प्रहरीले दैनिक रुपमा फोहर सडकमा कस्ले फालेको छ भन्ने कुराको जानकारी दिने उनी बताउँछीन् ।