भारतबाट क्यारी गरी ल्याइएको नक्कली जिरा बैजनाथमा भेटियो (भिडियो सहित)

Featured Video Play Icon

कृष्ण कुमार शाही, बैजनाथ ।

के तपाईहरुले जिरा खरिद गर्दै हुनुहुन्छ ? गर्दै हुनुहुन्छ भने एक पटक सोच्नुहोस् यो जिरा कहाँबाट आयो ? कसरी आयो ? कसले ल्यायो ?
यो भन्दा पहिले बाँकेमा नक्कली जिरा भेटिएको थिएन तर आइतबार बैजनाथमा नक्कली जिरा भेटिएको छ । पत्याउनै नसकिने तर पत्याउनुपर्ने ।

जिराजस्तै देखिन्छ, तरकारीमा हाल्ला पट्कीदैन, पानी हाल्दा तैरिन्छ । भारतबाट क्यारी गरी ल्याइएका इण्डियनहरुले बैजनाथमा नक्कली जिरा विक्रि वितरण गरेपछि स्थानिय सरकारदेखि प्रहरी चौकी सम्म मौखिक उजुरी दिएको बैजनाथ-१ का स्थानिय खगी सरा सुनार भन्छिन्,

‘भारतबाट क्यारि गरी ल्याएको जिरा पसलमा राखेको रहेछ त्यहाँबाट खरिद गरी ल्यायौं,’ उनले भनिन्, ‘सुरुमा हामीले पनि खायौं त्यसको स्वाद फरक थिएन तर तातो तेलमा जिरा हाल्दा पट्कीएन ।’ नपट्कीएपछि शंका लाग्यो ।

जिरा पानीमा हालियो, त्यहाँ तीन किसिमको फरक देखियो, जसमा खर जस्तै देखिने माथिल्लो भागमा तैरियोे, जिरा मध्यभागमा बस्यो र तल्लो भागमा सेतो क्यामिकल जस्तो देखिएपछि स्थानिय सरकार र प्रहरीलाई खबर गरेको स्थानिय खगि सुनारले बताइन् ।

सुनारले आफुजस्तै अरु ठगीमा नपरुन भनेर सबैलाई जानकारी दिएकी हु, अब स्थानिय सरकारले हरेक पसलमा भएको जिरा चेक गरी सुधार गर्नुपर्ने सुनारले बताइन् ।

यस्तै बैजनाथ गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रुप बहादुर मल्लले भारतबाट ल्याइएको सामान चेकजाँच गरेर मात्र खरिद गर्ने अनुरोध गरेका छन् । घटना स्थलमा हामी गएका थियौं तर त्यहा खानै नमिल्ले खाल्को देखिन्थयो जसले गर्दा बाँकेका सबै सुरक्षा संयन्त्रहरुले यस विषयमा चासो देखाउनुपर्ने वडा अध्यक्ष मल्लले बताए ।

यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले प्रहरीले नष्ट गर्ने वा खाद्यान्न गुण नियन्त्रणले निरिक्षण गर्ने पक्रियामा जान्छ तर जानकारी नआएको बताए । आएपछि सोही अनुसार कारवाही पक्रिया अगाडी बढाउने बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

भिडियाे हेर्नुहाेस् ।