घरबहाल उपभाेक्ता मञ्चले ४५ प्वाइन्ट रगत संकलन




काेहलपुर ।

नेपाल घरबहाल उपभोक्ता मञ्च बाँकेकाे रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मञ्चकाे पाँचौ स्थापना दिवसकाे अवसरमा काेहलपुरमा आयाेजित रक्तदान कार्यक्रममा ४५ प्वाइन्ट रगत संकलन भएकाे छ ।

काेहलपुर नगरपालिकाका उपमेयर तथा कार्यक्रमका प्रमुख अतिथि संगिता सुवेदीले स्वास्थ्यकर्मिलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेकाे रक्तदान कार्यक्रममा मञ्चमा आवद्ध पदाधिकारी, व्यापारी, कर्मचारी, बिद्यार्थी, शिक्षक तथा घरबहालकर्मीले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमका लागि काेहलपुर कृषिबजार सञ्चालन समितिले फलफुल सहयोग गरेको मञ्च बाँकेका अध्यक्ष तिलकसिंह कार्कीले जानकारी दिए । कार्यक्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र समेत वितरण गरीएकाे थियाे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतबार