बैजनाथको प्रशंसनिय काम, कृषिमा आत्मनिर्भर बनाउन ७० प्रतिशत अनुदान

बैजनाथ गाउँपालिकाले ‘किसानसंग पालिका प्रमुख कार्यक्रम’ अन्तर्गत ३१ जना कृषकले पाए २५ लाख बढि रकम वितरण गरेको छ ।

कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकामा ‘किसानसंग पालिका प्रमुख कार्यक्रम’ प्रभावकारी देखिएको छ ।

बैजनाथ गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर १ देखि ८ वडाका किसानलाई ७० प्रतिशत अनुदानमा ‘किसानसंग पालिका प्रमुख कार्यक्रम’ सुरु गरेको हो ।

बैजनाथ गाउँपालिकाका किसानलाई गाई, भैंसी, लोकल कुखुरा, बाख्रा र बङ्गुुरको व्यवसाय गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ यो योजना ल्याएको पालिका प्रमुख प्रकाश बहादुर शाहीले बताए ।

‘किसानहरुलाई कृषि उत्पादनसंग जोडेर यान्त्रिकरण गर्ने भन्ने सोचेका छौं,’ उनले भने, ‘बैजनाथ ठुलो जनसंख्या भएको पालिका हो जहाँ कृषि उत्पादनलाई प्रमुख प्राथमिकता राखेका छौं ।’

पालिकाले कृषि उत्पादन गर्न ७० प्रतिशत कृषि अनुदानका लागि सूचना निकालेको थियो । सो सूचनाका आधारमा मापदण्ड पुरा गरेका ३१ कृषकलाई ७० प्रतिशत अनुदानमा रकम हस्तान्तरण भएको हो ।

पालिकामा सिचाईको अभाव थियो त्यसलाई परिपूर्ति गर्न टोल अनुसार डिप बोरिङ्ग, पम्प र लिप्ट सिचाईको अवधारण अनुसार जडान भएको पालिका प्रमुख शाहीले बताए । चालू आर्थिक वर्षमाम हरेकको खेतमा पानी उपलब्ध हुने गरी बजेट व्यवस्थापन गरी योजना अघि सारेको बैजनाथ पालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए ।

फार्म दर्ता, पशु पालक व्यवसायी कृषकलाई व्यवसाय व्यवस्थापन सहयोग प्रोत्साहनका लागि ३१ जना किसानलाई २५ लाख ७८ लाख ४ सय ८७ रुपैया हस्तान्तरण गरिएको बैजनाथ पालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताए ।