कोहलपुर खानेपानीको निर्वाचन : अध्यक्ष पदमा तीन जनाले गरे मनोनयन दर्ता

कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको खानेपानी संस्थाको निर्वाचनका लागि अध्यक्ष पदमा तीन जनाले गरे मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ता गरीएको हो ।

संथाको नेतृत्वकालागि नेपाली काङ्ग्रेसका तर्फबाट टेक नारायण भुषाल, चार दलिय गठबन्धत्रनको साझा समावेशी प्यानलबाट रुद्र प्रसाद खनाल र स्वतन्त्र प्यानलको तर्फबाट बिष्णु प्रसाद तिवारीले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसको तर्फबाट टेक नारायण भुषालको नेतृत्वमा प्यालन सहित उम्मेद्वारी घोषणा गरिएको छ भने नेकपा एमाले, नेकपा माओबादि केन्द्र, नेकपा एकिकृत समाजबादि र राप्रपाको संयुक्त गठबन्धनबाट रुद्र प्रसाद खनालको नेतृत्वमा उम्मेदवारी दर्ता गराएका छन ।

नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा टेक नारायण भुषाल, उपाध्यक्षमा बिर बहादुर विष्ट, सचिवमा गोविन्द वाग्ले, कोषाध्यक्षमा धुव्र आचार्य, सह-सचिवमा बालकुमारी सापकोटा, सह-कोषाध्यक्षमा ईश्वर शर्मा, सदस्यहरुमा झग्गु प्रसाद वली, चक्र दिप शाह, आशा घर्ति मगर तथा महिला सदस्यमा दिपा बस्नेत र टिकादेवी सुनारले मनोनयन दर्ता गराएका छन ।

त्यसैगरी साझा समावेशी प्यानलका तर्फबाट अध्यक्षमा रुद्र प्रसाद खनाल, उपाध्यक्ष यम बहादुर रावत, सचीव रामकृष्ण पान्डे, सह(सचिव यशोदा थापा, कोषाध्यक्ष नारायणी वली, सह(कोषाध्यक्ष रेशम सापकोटा र सदस्यहरुमा केशवराज पोख्रेल, दुर्गा प्रसाद काफ्ले, चन्द्र ब। जिसि, महिला सदस्य अन्जना सुनार र मेनुका न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्र प्यानलको तर्फबाट अध्यक्षमा बिष्णु प्रसाद तिवारी, उपाध्यक्षमा मोहन प्रसाद शर्मा, सचिवमा संजय मण्डल, कोषाध्यक्षमा शिवराज पोखरेल र सहकोषाध्यक्षमा अमृत कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन ।

उपाध्यक्ष पदमा कुन्तादेबी शर्माको स्वतन्त्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।